Pixel क्यामेरा प्रयोग गरी कुनै पनि क्षण कहिल्यै नछुटाउनुहोस्! पोर्ट्रेट, Night Sight, टाइम ल्याप्स र सिनेम्याटिक ब्लर जस्ता सुविधाहरू प्रयोग गरेर सुन्दर फोटो तथा भिडियोहरू खिच्नुहोस्।
सानदार फोटोहरू खिच्नुहोस्
• एक्सपोजर र ह्वाइट ब्यालेन्स कन्ट्रोल भएको HDR+ - विशेष गरी कम प्रकाश भएको र पछाडिबाट प्रकाश आइरहेका अवस्थामा HDR+ प्रयोग गरेर गजबका फोटोहरू खिच्नुहोस्।
• Night Sight - तपाईंलाई फेरि कहिल्यै पनि फ्ल्यास प्रयोग गरौँ जस्तो लाग्ने छैन। Night Sight प्रयोग गरी अँध्यारोमा नदेखिने कुरा र रङहरू पनि खिच्न सकिन्छ। तपाईं एस्ट्रोफोटोग्राफी सुविधा प्रयोग गरी आकाशगङ्गाका फोटोसमेत खिच्न सक्नुहुन्छ!
• क्यामेरा कोच - अझ राम्रा फोटोहरू खिच्न Gemini मोडेलहरूका सहायताले सुझाव र मार्गदर्शन प्राप्त गर्नुहोस्
• स्वचालित उत्कृष्ट फोटो - एक पटक सटर बटन थिचेकै भरमा आफ्ना सबै साथीका यादगार क्षण कैद गर्नुहोस्
• सुपर रिजोल्युसन जुम - टाढै बसेर पनि नजिकैबाट खिचेको जस्तै फोटो खिच्नुहोस्। तपाईं सुपर रिजोल्युसन जुम प्रयोग गरी फोटो जुम इन गर्दा उक्त फोटो अझ स्पष्ट देख्न सक्नुहुन्छ।
• प्रो रेज जुम - उन्नत जेनेरेटिभ इमेजिङ मोडेलहरूका सहायताले १०० गुणासम्म जुम गर्नुहोस्
• मलाई सामेल गर्नुहोस् - आफ्ना फोटोमा फोटो खिच्ने व्यक्तिसहित सबै जनाको सामूहिक फोटो खिच्नुहोस्
• लङ एक्सपोजर - दृश्यका चलायमान सब्जेक्टहरूमा सिर्जनात्मक ब्लर हाल्नुहोस्
• एक्सन प्यान - सब्जेक्टहरूमा फोकस गरी ब्याकग्राउन्डमा सिर्जनात्मक ब्लर हाल्नुहोस्
• म्याक्रो फोकस - सबैभन्दा साना सब्जेक्टहरूमा पनि जीवन्त रङ र गजबको कन्ट्रास्ट हाल्नुहोस्
• प्रो सेटिङ - सटरको गति, ISO र थप कुरा जस्ता क्यामेराका उन्नत सेटिङ अनलक गर्नुहोस्
हरेक पटक सानदार भिडियोहरू खिच्नुहोस्
• भिडियो बुस्ट - क्लाउडमा AI प्रोसेसिङका मद्दतले उच्च गुणस्तरका भिडियो खिच्नुहोस्
• रात्रिकालीन भिडियो - अँध्यारोमा पनि यादगार क्षणको भिडियो खिच्नुहोस्
• भीडभाड भएका ठाउँहरूमा पनि गजबको रिजोल्युसन र स्पष्ट अडियो भएका हाइ-फिडेलिटी भिडियोहरू रेकर्ड गर्नुहोस्
• सिनेम्याटिक ब्लर - फोटोमा भएका सब्जेक्टका पछाडिको ब्याकग्राउन्ड धमिलो गरेर सिनेम्याटिक इफेक्ट देखाउनुहोस्
• सिनेम्याटिक प्यान - आफ्नो फोनका प्यानिङ मुभ्मेन्टहरू सुस्त बनाउनुहोस्
• लङ सट - डिफल्ट फोटो मोडमा भएका बेला सटर कीमा केही बेरसम्म थिचेर फटाफट भिडियोहरू खिच्नुहोस्
आवश्यक मापदण्डहरू - Pixel क्यामेराको नवीनतम संस्करणले Android 16 र सोभन्दा माथिका संस्करण चल्ने Pixel डिभाइसहरूमा मात्र काम गर्छ। Wear OS मा चल्ने Pixel क्यामेराको नवीनतम संस्करणले Pixel फोनसँग लिंक गरिएका Wear OS 5.1 (र सोभन्दा माथिका) चल्ने डिभाइसहरूमा मात्र काम गर्छ। केही सुविधाहरू भने सबै डिभाइसमा उपलब्ध हुँदैनन्।
मा अपडेट गरिएको
२०२५ अक्टोबर ३०